२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त


  • बिहीबार , जेठ १० २०८१
  • 8.7K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त

    २०८१ जेठ १० गते

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।

    किरण कुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाईएको थियो।

    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए ।

    खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा ८ औं तहबाट प्रवेश गरेका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् ।

    बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । 

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंक लिमिटेड


  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend