२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सफा हिमाल अभियानः आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.1K
    SHARES

  • images
    सफा हिमाल अभियानः आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन

    काठमाडौं, ९ जेठ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए । 

    ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भुमिकामा रहँदै गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमवार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

     उनको पार्थिव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाईएको छ । उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरीर पनि परिवारजनलाई बुझाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend