२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रेनोभा हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन


सञ्चार डबली
  • आइतबार, असोज ११ २०८३
  • 352
    SHARES

  • images
    रेनोभा  हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३६ युनिट रगत संकलन

    पोखरा–६, बैदामस्थित रेनोभा हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ। हस्पिटलका अध्यक्ष ड.डार्विन लामिछानेको अध्यक्षतामा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    देशका विभिन्न स्थानमा देखिएको बाढीपहिरो तथा सक्रिय मनसुनका कारण स्वास्थ्य क्षेत्रमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै बिरामीलाई आवश्यक पर्ने रगतको सहज उपलब्धतामा सहयोग पु¥याउने उद्देश्यले प्रतिकूल परिस्थितिका बाबजुद रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक डा. भुपेन्द्र शर्माले जानकारी दिए।

    नेपाल रेडक्रस सोसाइटी कास्की रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा हस्पिटलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३६ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। रेनोभा हस्पिटलले विशेषज्ञ चिकित्सक तथा दक्ष नर्सिङ जनशक्तिमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। हस्पिटलमा आधुनिक प्रयोगशाला, एक्स–रे सेवा तथा सुविधासम्पन्न कोठा र क्याबिनको व्यवस्था रहेको छ।

    पोखराको प्रमुख पर्यटकीय क्षेत्र बैदाममा अवस्थित हस्पिटलले स्थानीय बासिन्दाका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्वास्थ्य उपचार तथा उपचारपश्चात्को सेवा समयमै उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिरहेको हस्पिटलका बजार व्यवस्थापक नवराज कोइरालाले बताए। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने हस्पिटलले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend