२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला, सहभागी एक जनालाई बम्पर पुरस्कार प्रदान गरिने


सञ्चार डबली
  • बुधबार, जेठ ९ २०८१
  • 6.0K
    SHARES

  • images
    तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला, सहभागी एक जनालाई बम्पर पुरस्कार प्रदान गरिने

    बुधवार, जेठ ९ २०८१
    काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडले तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेसन खुला गरेको छ । ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैङ्कर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संघ संस्थाहरूसँगको सहकार्यमा बैङ्कले साइकल र्यालीको आयोजना गर्ने भएको हो ।

    विश्व वातावरण दिवसको अवसरमा जेठ १९ गते हुने र्यालीमा सहभागिताको लागि निःशुल्क नाम दर्ता गर्न बैङ्कले आग्रह समेत गरेको छ ।

    उक्त साइकल -याली जेठ १९ गते बिहान ७ बजेदेखि सानो गौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानो गौचरन मैदानमा पुगी समापन हुनेछ ।

    सो साइकल -यालीमा सांग्रिला डेभलपमेन्ट बैङ्कले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

    वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ 'Save Fuel, Save Environment' भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरूलाई बैङ्कले निरन्तरता दिँदै अघि बढेको बैङ्कले जनाएको छ ।

    -यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरूलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरूलाई साइकल  तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैङ्कले जनाएको छ । सो साइकल -यालीमा सहभागी हुन चाहने इच्छुक नागरिकहरूले जेठ १६ गतेसम्म https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend