२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोहोरो अङ्कले बढ्यो शेयर बजार, कति भयो कारोबार ? 


सञ्चार डबली
  • बुधबार, जेठ ९ २०८१
  • 6.2K
    SHARES

  • images
    दोहोरो अङ्कले बढ्यो शेयर बजार, कति भयो कारोबार ? 

     

    काठमाडौं । शेयर बजार लगातार चौथो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५४ अङ्कले बढेर दुई हजार एक सय ३१ दशमलव ४९ विन्दुमा पुगेको छ ।आज बैंकिङ, विकास बैंक, होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मानुषी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ ।

    बजार बढेको दिन तीन सय १८ वटा कम्पनीका एक करोड ४४ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्त कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend