२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


सञ्चार डबली
  • बुधबार, जेठ ९ २०८१
  • 9.1K
    SHARES

  • images
    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?


    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीका लागि राखेको छ । बैंकले शेयरधनी उमेशकुमार मुडभरीका नाममा रहेको सात हजार ६४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयरमा हाल बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

    खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend