२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, जेठ ९ २०८१
  • 7.7K
    SHARES

  • images
     कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं ।  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

    इच्छुक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

    शेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।सो समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend