२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रारा ताल घुम्न १० महिनामा १० हजार बढी पर्यटक पुगे


सञ्चार डबली
  • मंगलबार, जेठ ८ २०८१
  • 8.1K
    SHARES

  • images
    रारा ताल घुम्न १० महिनामा १० हजार बढी पर्यटक पुगे


    काठमाडौं । रारा ताल घुम्न १० महिनामा १० हजार बढी पर्यटक पुगेका छन् ।गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार ३ सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र १ सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार ५ सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।

    रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अनुसार दसैँ–तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ३ हजार ४ सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा १ सय २६ जना रारा आएका थिए ।

    चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुंगा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले ३० लाख ६३ हजार ७ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

    राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी ५ लाख ३३ हजार ७ सय ८१ रुपैयाँ दण्ड–जरिवाना, काठदाउरा लगायतबाट संकलन भएको निकुञ्जले जनाएको छ ।गत आर्थिक वर्षमा ११ हजार १ सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । सार्क मुलुकका २६ र अन्य विदेशी १ सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।

    निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रतिव्यक्ति ती३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।

    डुंगा चढ्ने प्रतिव्यक्ति ५ सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुंगा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका छन् ।

    रारा घुम्न आउनेमध्ये हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत आउने गरेका छन । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको स्थानीयवासीको भनाइ छ ।

    रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल र भरपर्दो सडक नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् । कोभिड–१९ ले थलिएको राराको पर्यटन क्षेत्र यो वर्षको १० महिनामा फस्टाएको हो ।रारा घुम्न आउने पर्यटकका लागी जेठदेखि असोजसम्म हरियाली हुने भएकाले विभिन्न प्रजातिका फूलहरूले रारा झनै सुन्दर देखिने गर्छ ।

    रारामा वैशाखदेखि भदौसम्म गर्मी छल्न र हरियालीमा घुम्न, असोजदेखि मङ्सिरसम्म बिदा मनाउन, पुसदेखि चैतसम्म हिउँ खेल्न र हिमालयको दृश्यावलोकन गर्न पर्यटक रारा आउने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend