२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्मको फोनलोन लिन सकिने


सञ्चार डबली
  • सोमबार, जेठ ७ २०८१
  • 7.0K
    SHARES

  • images
    कुमारी मोबाइल बैंकिङ एपमार्फत २ लाख रुपैयाँसम्मको फोनलोन लिन सकिने

    काठमाण्डौ, जेठ ७ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्यूआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ एपमार्फत नै दुई लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । 

    यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुँदा वित्तिय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।  यस्तो लोन बिनाधितो र छिटो छरितो रुपमा प्रदान गरिने बैंकले जनाएको छ ।

    कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend