२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 10.3K
    SHARES

  • images
    आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

    काठमाडौ, ८ जेष्ठ । आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै छ । आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।

    नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

    लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

    आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend