२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचार मुक्त नगरपालिका बनाउँछु : नगर प्रमुख भाम ।


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 9.0K
    SHARES

  • images
    भ्रष्टाचार मुक्त नगरपालिका बनाउँछु : नगर प्रमुख भाम ।

    नन्द बहादुर रोकाया
    जेठ ८ मुगु
    छाँयानाथ रारा नगरपालिका नगर प्रमुख बिष्णु कुमार भामले छायााँनाथ रारा नगरपालिका लाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउने बताएका छन । सुशासन,पारदर्शिता जवाफदेहिता आजको आवश्यकता, भ्रष्टाचार मुक्त नगरपालिका बनाउने प्रतिवद्धता लाई मुल मन्त्र बनाएका नगरप्रमुख भामले जनचासोको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी यस्तो बताएका हुन ।

     
    उनले आफनो एक बर्षे कार्यकालको अवधीमा नगरपालिकाबाट पाउने सेवा सुबिधा त्याग गरेको बताएका छन । आईतबार बिहान छाँयानाथ रारा नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० मा संचालित जनचासोको बिषयमा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी नगर प्रमुख भामले आफुले निर्बाचनमा जनता सामु गरेका प्रतिबद्धता लाई पुरा गर्न पहिलो बर्षको कार्यकालमा भएका कार्यक्रम र भावि कार्यक्रलाई साकार पार्नकालागी आफु पाउने सेवा सुबिधा त्याग गरेको बताए ।

    22222.jpg
    undefined

    नगर प्रमुख भामले एक बर्षे कार्यकालमा नगरपालिकाबाट मोबाईल खर्च, क्वाटर, रासन खर्च, नलिएको बताए । आफुले आर्थिक मितब्यति बनाउन नगरपालिकाको खर्चबाट मिनेरल वाटर प्रयोग नगरी स्वच्छ चैना खोलामा रहेको धाराको पानी प्रयोग गर्ने गरेको रस्वागत सत्कारका लागी टसि खादा, फुलका गुच्छाा बन्देज गरेको बताएका छन । पाँच बर्ष सम्म जम्मा भएको मासिक तलव र बैठक, गोष्ठि लगाएत अन्यबाट उपलब्ध रकम जम्मा गरेर छाँयानाथ रारा नगरपालिकालाई दुई र मुगुम कार्मारोङ गाँउपालिकालाई एक एम्वुलेन्स खरिद गरिदिने सार्बजनिक सुनुवाईमा सहभागीलाई जानकारी गराएका थिए ।


     नगर प्रमुख भामले आफनो सेवा सुबिधालाई त्याग गर्नुका साथ निरन्तर श्रमदानको अभियान सञ्चालन गरी नगरपालिका क्षेत्र भित्र बसपार्क निमार्ण, बसपार्क खानेपानी निमार्ण चैनाखोला बैकल्पिक गोरेटो,चैनाखोला नाला निकास, अल्का साँगु काठेपुल ठिनी खानेपानी झयारी गमगढी खानेपानी मर्मत निर्मार्ण श्रमदान बाट सञ्चानल भएका छन । यसै बिच भामले यो एक बर्ष भित्र गरेका उत्कृष्ट ४० काम पनि सार्वजनिक गरेका छन । ४० काम भित्र ऐन नियम कार्यविधि लगायत बृहत खानेपानी बिधुत शिक्षा स्वास्थ्य समाबेश भएका छन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend