२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.6K
    SHARES

  • images
    सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद हुँदै


    सोमबार पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एशोसिएसन विथ फोनपे हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो ।

    डिजिटल गण्डकी संवादमा प्रदेशको डिजिटल क्षमता र अवस्था बारे वृहत छलफल हुनेछ । संवादमा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, पोखरा महानगरपालिकाका मेयर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ ।

    कार्यक्रममा गभर्मेन्ट आर्किटेक्ट विज्ञ विवेक राणा, प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई–गभर्नेन्स विज्ञ विज्ञान सत्याल र नेपाल दूरसञ्चार प्राधिकरणले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत हुनुका साथै प्यान डिसकसन सेसन समेत हुने जनाइएको छ । यार्सा टेकका संस्थापक एनजे सुवेदी, फोनपेका सीईओ दिवस सापकोटा, प्रदेश मन्त्रालयका सचिव, मेयर र सरोकारवालाहरूबीच प्यानल सेसन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend