२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउन कार्यशाला आर्ट सम्पन्न


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.2K
    SHARES

  • images
    बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउन कार्यशाला आर्ट सम्पन्न


    नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ । नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो । कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्नेछन्। 

    इन्टरनेट बालबालिकाका लागि हो भन्‍ने उद्देश्यका साथ आयोजना गरिने यो कार्यशालामा बालकालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न सक्ने आयोजकको दाबी छ। 

    ‘बालबालिकाहरूलाई आफूलाई अभिव्यक्त गर्न र आफ्नो सिर्जनात्मक क्षमता पत्ता लगाउन सक्ने सकारात्मक र पालनपोषण गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौं,’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भनिन्।

    कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तिकरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ । साथै उनले यसको समाचार प्रकाशन तथा प्रसारण गरिदिनको लागि सम्पूर्ण मिडिया, समुदायका अगुवा, कलाप्रेमीलाई सहभागी हुन अपीलसमेत गरेकी छिन् । कोरोना महामारीकै बेला सुरू गरिएको नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रुप हो।

    यसले कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने लक्ष्य राखेको आयोजको भनाइ छ। यो अभियानलाई निस्शुल्क रुपमा वर्ल्डलिंक कम्युनिकेशनले इन्टरनेट प्रदान गरेको छ । 

    हाल वर्ल्डलिंककै सहयोगमा बूढानीलकण्ठ नगरपालिकामा रहेका ३९ बालबालिकाको घरमध्ये २१ वटा बालबालिकाको घरमा निशुल्क इन्टरनेट जडान गरेर उनीहरुको प्रतिभारकलालाई निखार्ने काममा थप सहयोग पुगिरहेको आयोजकको दाबी छ। भोलि हुने कार्यशालामा सिद्धहस्त कलाकार तथा सल्लाहकारहरूले बालबालिकालाई सिकाउनेछन्, जसमा विभिन्न कला प्रविधि र माध्यमहरू हुनेछन् ।

    उक्त कार्यशालामा सहभागी हुने तथा अतिथिहरूले १ हजारको टिकट खरिद गर्नुपर्नेछ । चित्रकला, रेखाचित्र र स्क्र्याचलगायत कलात्मक अभिव्यक्तिका विभिन्न रूपहरू सिक्ने र प्रयोग गर्ने अवसर पाउनेछन् । 

    कार्यशालामा ५०० रूपैयाँ शुल्क तिरेर आफैले गरेको पेन्टिङ थप ५०० रूपैयाँ तिरेर घर समेत लैजान सकिने आयोजकले जनाएको छ ।अन्यथा उक्त पेन्टिङलाई त्यहाँ दान दिनु पर्नेछ । सो पेन्टिङलाई आयोजकले बिक्री गरेर आएको रकम बालिबालिकाका लागि इन्टरनेट पहुँचमा खर्च गर्नेछ । 

    कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गर्नेछ जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँड्‍नेछन् ।नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कशपलाई वर्ल्डलिंक, बुढानिलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend