२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको छः अध्यक्ष ओली


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 9.0K
    SHARES

  • images
    नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको छः अध्यक्ष ओली


    काठमाडौ, ७ जेठ । नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ ।’

    अध्यक्ष ओलीले देशको अर्थतन्त्रको अवस्थाबारे समेत सरकारले नीति तथा कार्यक्रममा उल्लेख नगरेको बताएका छन् ।दुई महिना पुग्दानपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको मुटु प्रत्यारोपण गर्नतिर लागेको भन्दै उनले विशाल हृदयका साथ आफूले नीति तथा कार्यक्रमको दस्तावेज सुनेको र पढेको बताएका छन् ।

    ‘नीति तथा कार्यक्रमको आधारस्तम्भ पहिल्याउने कोसिस गरें । कुन गन्तव्यका लागि यो नीति तथा कार्यक्रम आएको छ ? त्यो मैले पहिल्याउने कोसिस गरें । कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ अध्ययन गर्ने कोसिस गरें । निर्वाचनको क्रममा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित गठबन्धनका दलहरुको घोषणापत्र र यस नीति तथा कार्यक्रमको लेखाजोखा पनि गरें,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend