२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकारको नीति तथा कार्यक्रमले १५ औँ पञ्चवर्षीय कार्यक्रमको समीक्षा गर्न सकेनः अध्यक्ष ओली


सञ्चार डबली
  • आइतबार, जेठ ७ २०८०
  • 8.8K
    SHARES

  • images
    सरकारको नीति तथा कार्यक्रमले १५ औँ पञ्चवर्षीय कार्यक्रमको समीक्षा गर्न सकेनः अध्यक्ष ओली

    काठमाडौ, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सरकारको नीति तथा कार्यक्रमको चर्को विरोध जनाएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने ब्यहोराको प्रस्ताव संसद्मा पेश गरेसँगै बोलेका ओलीले नीति तथा कार्यक्रमले वास्तविक अर्थतन्त्रको समस्या बोक्ने नसकेको तर्क गरेका छन् ।

    नीति तथा कार्यक्रम कस्तो रणनीति र गन्तव्यमा आधारित भएको ल्याइएको छ ? नीति तथा कार्यक्रम आय लगत्तै मैले यसको आधार स्तम्भ फैलाउने प्रयत्न गरे । के तार्गेटहरु मिट गर्न नीति तथा कार्यक्रम लक्षित छ त्यो मैले पहिल्याउने कोसिस गरे । नीति तथा कार्यक्रम कुन ढङ्गबाट कुन लक्ष्य उद्देश्यसहित आएको छ सो पनि मैले पैलाउने कोसिस गरे’ पूर्व प्रधानमन्त्री ओलीले भने, ‘तर सरकारको नीति तथा कार्यक्रममा मैले त्यस्तो केही पाइन ।’

    सार्वजनिक ऋण बढेको, राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था पुगिसकेको र दोहोरो अङ्क नजिक पुगिसकेको बजार महँगी नियन्त्रण र आर्थिक संवृद्धि सरकारको नीति तथा कार्यक्रम विमुख भएको उनले आरोप लगाए । सोही अवसरमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘रोम जलिरहेको छ तर निरो बाँसुरी बजाइरहेछ ।’ सरकारको नीति तथा कार्यक्रमले अहिलेको समस्या बोक्नै नसक्ने विरोधका साथ दाबी गरे ।

    अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमले १५ औँ पञ्चवर्षीय कार्यक्रमको समेत समीक्षा नगरेको बताए । ‘१५ औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो भएन ? कति उपलब्धि हासिल गर्न सकियो सकिएन समीक्षा गर्नुपर्नेमा त्यसमा सरकारको नीति तथा कार्यक्रम चुक्यो’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend