२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दोर्दी  शेरादेखि नौथरशेरा–सिमीताँजे जोड्ने सडकको कालोपत्रे कार्य सुरु


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 9.1K
    SHARES

  • images
    दोर्दी  शेरादेखि नौथरशेरा–सिमीताँजे जोड्ने सडकको कालोपत्रे कार्य सुरु


    काठमाडौं, ६ जेठ ।  लमजुङको दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ । सडकको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गरेका हुन्  ।अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरेका छन्  । 

    सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने र गाउँगाउँमा उत्पादित तरकारी तथा नगदेबाली बजारसम्म पुराउन र गाउँलेलाई गाउँसम्म पुग्न सहज हुने उनले बताए  ।

     नौथर शेरादेखि वडा नं.६  सिमी र ताँजेसम्म ७ दशमलव ८५० किलोमिटर सडकको स्तरोन्नति कार्य सुरु भएको हो । संघीय सरकार र गाउँपालिकाको ५०५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य सुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर विश्वास पाण्डेले बताउनुभयो । उहाँका अनुसार ७ करोड २० लाख रुपैयाँको स्टेमेट रहेकोमा निर्माण व्यावसायी देवकोटा–गणपति जेभी नुवाकोटले भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा निर्माण सक्न सम्झौता गरेको छ ।

    स्तरोन्नति कार्य अन्तर्गत कटिङ, चौडाई गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, ३ ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुनेछ । सडक नालीसहित ८ मिटर चौडाईको हुनेछ । यो संगै ३ किलोमिटर सडक कालोपत्र र ३ सय मिटर सडक ढलान हुने गाउँपालिका प्राविधिक शाखाले जनाएको छ ।

     निर्माण व्यावसायीले गाउँपालिकासँग वैशाख १० गते सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरेर प्राविधिक प्रमुख पाण्डेले बताए । सडक स्तरोन्नति सकिएपछि गाउँगाउँबाट नागरिकलाई गाउँपालिका कार्यालय आउन र सदरमुकाम बेंसीसहर आउजाउ गर्न पनि सहज हुने प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताए  ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend