२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शहरीविकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन


सञ्चार डबली
  • शनिबार, जेठ ६ २०८०
  • 10.2K
    SHARES

  • images
    शहरीविकासमन्त्री गुरूङद्वारा मन्त्री निवास भवन निर्माण यथासक्य पूरा गर्न निर्देशन


    काठमाडौं, ६ जेठ ।  ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न  शहरी विकासमन्त्री सीता गुरूङले निर्देशन दिएकी छन् । आज  आयोजनास्थलमा पुगेर निरीक्षण र भवन निर्माणको प्रगतिबारे जानकारी लिएपछि मन्त्री गुरूङले निर्माण व्यवसायीलाई सम्झौताबमोजिम बाँकी काम यथासक्य पूरा गर्न निर्देशन दिएकी हुन् । 

    शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले निर्माण गरिरहेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको निवास निर्माण गर्न सरकारले ०७६ कात्तिकमा ठेक्का लगाएको थियो । तर कोभिड–१९ र अन्य कारणले समयमा काम हुन सकेन । त्यसयता भवन निर्माणकालागि तेस्रो पटक थपिएको म्याद पनि सकिँदैछ ।

    मन्त्री गुरूङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेकी छन् । ‘बेलामा काम सक्यो भने तपाईहरूलाई पनि ढुक्क हुन्छ । सरकारको पनि एउटा योजना पूरा हुन्छ । बरू कामदारको संख्या बढाउनुस्, दिनरात गरेर भएपनि काम गर्नुस्,  तर सम्झौताबमोजिम यथासक्य काम सम्पन्न गर्नुहोस्,’मन्त्री गुरूङले भनिन् । 

    विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणमा हालसम्म ९० प्रतिशत काम पूरा भएको छ । कार्यालयका उपनिर्देशक दिपक श्रेष्ठले आगामी असार मसान्तभित्र निर्माणका काम पूरा भइसक्ने जानकारी दिएका छन् । मन्त्री गुरूङसहित शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजनका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ लगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend