२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेतो पुतलीबाट लाग्न सक्छ यस्तो भयानक रोग


सञ्चार डबली
  • मंगलबार, वैशाख ११ २०८१
  • 10.6K
    SHARES

  • images
    सेतो पुतलीबाट लाग्न सक्छ यस्तो भयानक रोग

     

    काठमाडौं । पुतली जो कोहीलाई पनि मन पर्ने प्रजाती हो । यसलाई हेरेर सबैले आनन्द दिन्छन् । यसको बनावटले सबैको मन छुने गर्छ । सेतो पुतलीका ३ सय प्रजाति हुन्छन् । त्यसमध्ये एक प्रजाति अरु भन्दा अलि खतरनाक हुन्छ । प्राय रातको समयमा बत्तीमा घुम्ने यस प्रजातीको पुतलीले आँखामा आक्रमण गर्ने गर्दछ । भर्खर जन्मिएकादेखि हिँडडुल गर्न नसक्ने बालबालिकाहरुलाई यसले बढी आक्रमण गर्ने गर्दछ ।

    वि सं २०३२ सालमा २६ वर्षभन्दा मुनिका मानिसहरुमा यो रोग देखिएको थियो । शुरुमा आँखा पाक्ने रोगको संज्ञा दिइएपनि पछि विज्ञहरुले यसलाई ‘सापु’ नाम दिएका थिए । सेतो पुतलीका कारण आँखामा समस्या देखिएपनि के कारणले ‘इन्फेक्सन’ हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन ।

    शिरमा तेर्सो र शरीरमा ठाडो कालो धर्सो भएको यो सधै देखिन्न । प्राय भदौ र असोजमा देखिने गर्दछ । यसको झुसका कणहरु आँखामा पर्नासाथ आँखा रातो हुने, चिलाउने, धेरै दुख्ने, सुनिने हुँदै अन्ततः आँखा टालिने सम्भावना हुन्छ ।

    २४ घण्टाभित्र उपचार नपाएमा व्यक्तिले आँखाको ज्योति समेत गुमाउने खतरा हुन्छ । समयमै अस्पताल पुर्याउन सकिएको खण्डमा भने औषधी उपचारद्वारा निको पार्न सकिन्छ ।यो प्राय सेतो बत्तीमा घुम्ने भएकाले घर वा कार्यालयमा सेतो बत्तीको प्रयोग नगर्नु नै उचित हुन्छ ।नेपालमा पहिलोपटक यो रोग पोखरामा देखिएको डाक्टरहरुको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend