२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणः आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छौंः प्रकाशशरण महत


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 11.1K
    SHARES

  • images
    शरणार्थी प्रकरणः आरजु राणाको अडियो ‘फेक’ हो भन्ने विश्वासमा छौंः प्रकाशशरण महत

    काठमाडौं, २ जेठ ।  नक्कली शरणार्थी प्रकरणमा आएको केन्द्रिय सदस्य आरजु राणा सम्बन्धी अडियो झुटो भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । सो प्रकरणमा मिडिया ट्रायल भएको भन्दै ‘दोषीलाई कारबाही होस, निर्दोष नफसुन’ भन्नेमा कांग्रेस दृढ रहेको पनि उनले जनाएका छन् । 

     ‘आरजु राणाको नाममा आएको अडियो झुटो भएको हामीलाई विश्वास छ,’ उनले भने, ‘उहाँ (राणा) स्वयंले पनि सो अडियो झुटो भएको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ, त्यस्को सत्यतथ्य अझै बाहिर आएको छैन्, यो आउनु पर्छ भनेर भनेर हिजो पनि उहाँले (संसदमा) बोल्नु भएको छ ।’
     
    आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रीसमेत रहेको महतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कांग्रेसले गम्भिरतापुर्वक लिएको पनि जनाएका छन । ‘बालकृष्ण खाँणजी माजि पनि अनुसन्धान जारी रहेको छ, उहाँमाथी पनि छानबिन जारी छ, सो छानबिन पछि केही न केही त अवश्य निष्कर्ष आउनेछ, हामी निष्कर्षको पखाईमा छौं’, उनको प्रतिक्रिया थियो ।

     सो विषयलाई लिएर पार्टी भित्र कुनै विवाद नभएको पनि उनको भनाई छ । ‘महामन्त्रीहरुले पनि त्यसवारेमा कुनै फरक मत राख्नु भएको छै्रन, पार्टी निर्णय प्रति उहाँहरु प्रतिबद्ध रहनु भएको छ’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend