२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • मंगलबार, जेठ २ २०८०
  • 8.8K
    SHARES

  • images
    सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं, २ जेठ । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ । जेठ ५ गते पेश गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरुलाई सो बैठकमा सहभागी हुनका लागि निम्तो दिएका छन् ।

    सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक बर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।

    नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend