२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सभामुख घिमिरेले संसदलाई दिए रायमाझी पक्राउ परेको जानकारी, भए निलम्बित


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 8.8K
    SHARES

  • images
    सभामुख घिमिरेले संसदलाई दिए रायमाझी पक्राउ परेको जानकारी, भए निलम्बित


    काठमाडौं, १ जेठ ।सभामुख देबराज घिमिरेले नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी गराएका छन । आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । सो जानकारी पछि सभामुख  घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन् । 

     नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ।  ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद  सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए । 

    सभामुखले सो जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend