२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नक्कली शरणार्थी प्रकरण विदेशी दबावमा छानबिन हुनु राष्ट्रिय लज्जाको बिषयःअध्यक्ष लिङदेन


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 10.2K
    SHARES

  • images
    नक्कली शरणार्थी प्रकरण विदेशी दबावमा छानबिन हुनु राष्ट्रिय लज्जाको बिषयःअध्यक्ष लिङदेन

     

    काठमाडौं, १ जेठ । पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भ्यागुतोको धार्नी नपुगेको जस्तो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले बताएको छ । आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको पुर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशीको दबावबाट भएकोसमेत उल्लेख गरेका छन् ।

    ‘प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबावबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो,’ अध्यक्ष लिङदेनले राजनीतिक प्रतिवेदन पेश गर्दै भने ।

    सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ बस्तु बन्न गएको उल्लेख गर्दै लिङदेनले भनेका छन, ‘सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ, यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend