२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाली सेनाको टोलीले गर्यो सगरमाथा हिमालको सफल आरोहण


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 7.7K
    SHARES

  • images
    नेपाली सेनाको टोलीले गर्यो सगरमाथा हिमालको सफल आरोहण

    काठमाडौं, १ जेठ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

    टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु आज बिहान १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुग्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

    उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

    गत चैत १४ गते जङ्गी अड्डामा आयोजित ‘फल्याग अफ सेरेमोनी’मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो । उक्त अभियानबाट करिब ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहर सङ्कलन भइसकेको छ । यो अभियान विश्ववातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ ।
    –

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend