२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने


सञ्चार डबली
  • सोमबार, जेठ १ २०८०
  • 9.7K
    SHARES

  • images
    बैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाईल ल्याउन पाउने, भन्सार नलाग्ने

     

    काठमाडौं, १ जेठ । आजदेखि विदेशबाट फर्केका नेपालीले २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागु गरे पछि दुईवटासम्म मोबाईल नेपाल ल्याउन पाउने भएका हुन ।

     ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सुचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीवाट फर्केकाले मात्र पाउने विभागको भनाई छ ।

    निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुबिधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन ।

    ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्ता हुँने व्यवस्था गरिएको छ,’ प्राधिकरणे सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन्।’ यसरी ल्याईएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशवाट फर्किदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend