२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

‘मोखा आँधी’ का कारण बंगलादेशका सबैभन्दा ठुलो बन्दरगाह बन्द


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 10.6K
    SHARES

  • images
    ‘मोखा आँधी’ का कारण बंगलादेशका सबैभन्दा ठुलो बन्दरगाह बन्द


    काठमाडौं, ३१ बैशाख । केही बेरमा आउने ‘मोखा आँधी’ का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न विवश भएका छन । 
     
    देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ  ।
     
    सो राक्षसी आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ  । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ ।

    अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखालाई लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend