२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मुलुकलाई समृद्ध बनाउन स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ–मन्त्री लिम्बु


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 8.8K
    SHARES

  • images
    मुलुकलाई समृद्ध बनाउन स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ–मन्त्री लिम्बु


    काठमाडौं, ३१ बैशाख । युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन् । नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बुले ‘एक घर–एक स्काउट’को अवधारणा अनुसार अघि बढ्दा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारेका छन् ।

    आज नेपाल स्काउटले काठमाडौंमा गरेको कार्यक्रममा उनले स्काउटलाई तल्लो तहसम्म लैजान सक्ने हो भने युवाहरुलाई अनुशासित र राष्ट्रप्रति जिम्मेवार बनाउन सहज हुने स्मरण गराएका छन् । मन्त्री लिम्बुले नेपाल स्काउटको प्रगतिका लागि आफूले त्यससँग सम्बन्धित कानुनहरुलाई समयानुकूल हुने गरी परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

    उनले भने, ‘नेपाल स्काउटलाई तल्लो तहमा लिएर जान सकियो भने राम्रो हुन्छ । एक घर, एक स्काउटको अवधारणा आइसकेकै अवस्था छ । र, अहिले हामीसँग युवाहरुलाई राष्ट्र विकासको मूल धारमा जोडने माध्यमको रुपमा यो स्काउटलाई हामी उपयोग गर्न सक्छौं । एउटा घरमा हामीले एउटा स्काउट जन्माउँदै गर्दाखेरी एउटा अनुशासित युवा, त्यहाँबाट प्रशिक्षित भएर आउँदैगर्दा निश्चयनै राष्ट्रप्रति जवाफदेही पूर्ण ढंगले अगाडि बढने, राष्ट्रप्रति जिम्मेवारीबोध गर्ने युवाहरु हामीले उत्पादन गर्न सक्छौं भन्ने मलाई लाग्दछ ।’

    मन्त्री लिम्बुले मुलुकलाई समृद्ध बनाउन नेपाल स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गरे । नेपाल स्काउट अन्तराष्ट्रिय संस्था पनि भएकाले विभिन्न अन्तराष्ट्रिय निकायहरुसँग छलफल गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनका लागि पहल गर्न सकिने उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend