२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो– राहुल गान्धी


सञ्चार डबली
  • आइतबार, वैशाख ३१ २०८०
  • 8.9K
    SHARES

  • images
    नफरतको बजार बन्द भयो, प्रेमको दोकान खुल्यो– राहुल गान्धी


    काठमाडौं, ३१ वैशाख । कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आए पछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन् । भारतीय जनता पार्टीलाई पराजित गर्दै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन् ।

    ‘कर्नाटकमा नफरतको बजार बन्द भयो प्रेमको दोकान खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ ।’

    कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवाश्यक ११३ सिट भन्दा बढी अर्थात १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ । यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यसैबीच कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले गभर्नरलाई राजीनामा बुझाएका हुन् ।मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend