नन्द बहादुर रोकाया
बैशाख ३० मुगु - हिमाली जिल्ला मुगुमा रहेको समता स्कुुलमा अध्ययनरत बिद्यार्थीको बिचल्ली भएको छ । मुगु जिल्लामा २०७५ सालदेखि अध्ययन अध्यापन गराउदै आएको समता स्कुुल बन्द भएपछि बिद्यार्थी यति बेला बिचल्लीमा परेका हुन । मदन बहादुर हरि बहादुर फाउन्डेसद्धारा संञ्चालीत २०७५ सालमा गरिव, दलित, पिछडीएका बालबालीकाले सहज गुुणस्तरीय शिक्षा पाउने भन्दै बिद्यालयका प्रमुख फाउण्डर उत्तम संञ्ज्याल र सुुर्दशन पौडेले मुगुमा बिद्यालय स्थापाना गराएको भएपनि समता स्कुुल ५ बर्षको नबित्दै संस्थापन पक्षले हात झिक्न थालेपछि समता स्कुलमा अध्ययनरत १ सय ३० जना बिद्यार्थीको भविष्य माथी खेलवाड भएको छ ।
मुगुमा रहेको बिद्यालय स्थापाना गर्ने संस्थापकको लार्परवाहिले बिद्यालय बन्द गर्ने कि संञ्चालन गर्ने किचलोका कारण समता स्कुुलमा अध्ययनरत १ सय ३० जना बिद्यार्थी बिचल्लीमा परेका छन । बिद्यालय सञ्चालनको लागी छायाँनाथ रारा नगरपालिकाले २ कक्षा सम्मको अनुुमति दिईएको भएपनि बिद्यालयले मनोमानी रुपमा ५ कक्षा सम्म सञ्चालन गरेको पाईएको छ । संस्थापक पक्षले बिद्यालय सञ्चालन मनोमानीरुपमा गरेको र ५ बर्ष नहुदै सञ्चालनको समस्या देखाउदै हात झिक्न थालेपछि गरिब, दलितका बिद्यार्थी पुुन पढ्न पाउने कि नपाउने भन्नेमा चिन्ताको पिरलोमा परेका छन ।
अन्य बिद्यालय भर्ना हुनको लागी स्थान्तरण प्रमाण प्रत्र आवश्यक पर्छ, त्यो बिद्यालयले दिने अवस्था छैन । बिद्यालय स्तर एकिकृत शैक्षिक ब्याबस्थापन सुुचना प्रणाली (आई ई एम आई यास ) अध्यावधिक बिद्यालयले गराएको छैन। कसरी हामी बिद्यार्थी अन्य बिद्यालयमा अध्ययन गर्ने अन्योलमा परेका बिद्यार्थीहरु बताउँछन । शैक्षिक सत्र सुुरु भएको महिना दिन भएको भएपनि समता स्कुुलमा अध्ययनरत बिद्यार्थीले पढ्न पाएका छैनन । अर्को बिद्यालयमा अध्यन गर्नको लागी स्थान्तरण प्रमाणप्रत्र आवश्यक पर्ने र बिद्यालय स्तर एकिकृत शैक्षिक ब्याबस्थापन सुुचना प्रणाली (आई ई एम आई यास ) अध्यावधिक हुनु पर्ने भएको भएपनि बिद्यालयले मनोमानी बिद्यालय सञ्चालन गरेकाले स्थानीय तहमा त्यो अध्यावधिक गराएको छैन ।
समता स्कुुलमा अध्ययनरत बिद्याथीहरुको (आई ई एम आई यास ) अध्यावधिक नहुदाँ अन्य बिद्यालयमा भर्ना हुुन पनि समस्या भएको समता स्कुलका सहायक प्रधानध्यापक समुुन्द्र कुमार मल्लले बताए । उनका अनुुसार छायाँनाथ रारा नगरपालिकाले कक्षा २ सम्मको मात्रै अनुुमति दिईएको भएपनि कक्षा ४ सम्म अनैतिक कक्षा सञ्चालन गर्नु राम्रो पक्ष नभएको बताए । बिद्यालय अनैतिक रुपमा संञ्चालनमा छ भन्ने आफुले थाहा नपाएको र गएको अन्तिम बार्षिक परिक्षा बाट मात्रै बिद्यालय अनैतिकरुपमा सञ्चालन भएको थाहा पाएको बताए । स्थानीयतहको अनुमति नलिई मनोमानी रुपमा बिद्यालय संञ्चालन गरिनु दुुखत भएको बताउदै मल्लले समता स्कुुलमा अध्ययनरत १ सय ३० जना बिद्यार्थीको भविष्य माथि संस्थापन पक्षले खेलवाड गरेको बताए ।
१०० रुपैया पढ्न पाउने लोेभमा भर्ना भएका गरिब,दलितका बिद्यार्थी पछिल्लो केहि बर्ष देखि ५०० महिनाको शुल्क तिर्ने गरेका भएपनि पढ्न पाएका छैनन । त्यति मात्र हैन समता स्कुुलमा अध्यापन गराउदै आएका ५ जना शिक्षकले पनि करिब ९ महिना देखि तलब पाएका छैनन । बिद्यालय प्रशासन र संस्थापकको झुटो आश्वासनले पटक पटक भ्रममा परी अध्यापन गराउदै आएका ५ जना शिक्षकहरुले ९ महिना देखि आफुुहरुले तबल नपाएको गुुनासो गरेका छन । यस बिषयम बुुझन्न समता स्कुुलका संस्थापक कर्णाली प्रदेशको जिम्मेवारी पाएका सुुर्दशन पौडेलको मोवाईल नम्बर ९८५१०७७२५२ मा फोन सम्पर्क गर्दा फोन उठेपनि पत्रकारको परिचय दिदै गर्दा त्यस पछि फोन तुरुन्तै काटेर ब्यस्तमा राखेपछि कुुराकानी अगाडी बढ्न सकेन । समता स्कुल देशभरी ८१ वटा शाखा रहेका बुुभिएको छ । बिद्यार्थीको नाममा लुट्न कसैलाई छुट छैन र यस्तै गर्ने हो भन्ने अन्य बिद्यालय लाई पनि सजग रहनु पर्ने अवस्था आएको नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले बताए ।


