२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा शंका छ – बाबुराम भट्टराई


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 9.6K
    SHARES

  • images
    शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा शंका छ – बाबुराम भट्टराई


    काठमाडौं, ३० वैशाख ।  स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् ।

    आज काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी हुन पुगेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका भएको बताएका हुन् ।

    ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटी छ ।’

    नेता भट्टराईले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु उम्कन नसक्ने बताए । ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन्’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend