२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कर्नाटक बिद्यानसभा निर्वाचनः कांग्रेसको बिशाल अग्रता कायमै


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 9.8K
    SHARES

  • images
    कर्नाटक  बिद्यानसभा निर्वाचनः कांग्रेसको बिशाल अग्रता कायमै


    काठमाडौं, ३० बैशाख । कर्नाटक बिद्यानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेसले अग्रता लिईरहेको छ । आज देखी सुरु भएको मतगणनामा कांग्रेस १३७ स्थानमा अगाडी रहेको छ भने जबकी सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) ६७ स्थानमा मात्रै अग्रता लिन सफल भएको छ । मतगणना जारी छ ।

    आज सार्वजनिक गरेको मतगणनाको स्थीति हेर्दा राज्यमा आफ्नै बलमा सरकार बनाउन कांग्रेसले बहुमत पु¥याउन सक्ने देखिएको छ । जबकी सरकार बनाउन १ सय १३ मत भए मात्र पुग्दछ । तर, अहिलेको मतपरिणामको रुझान हेर्दा कांग्रेसलाई आवाश्यक्ता भन्दा बढी मत प्राप्त भईसकेको छ ।

    यो प्रारम्भिक नतिजासँगै भाजपा नेता तथा कर्णाटक राज्यका मुख्यमन्त्री बसवराज बोम्मईले पनि आफनो पराजय स्वीकार गरेका छन् । सो पराजय स्वीकार गर्दै कर्नाटकका मुख्यमन्त्री बोम्मईले भने, ‘हामी गन्तव्यमा पुग्न सकेनौ ।’

    उनले अगाडी भने, ‘सबै नतिजा आएपछि हामी विस्तृत विश्लेषण गर्नेछौं र एक राष्ट्रिय राजनीतिक दलको रूपमा, हामी विभिन्न तहमा हाम्रा कमजोरीहरू खोज्नेछौं र तिनीहरूलाई सुधार गर्नेछौं र संगठनलाई पुनर्गठन गर्नेछौं । र,लोकसभा चुनाववाट फर्कनेछौं।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend