२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत गर्दैनन्–गोविन्द केसी


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 9.7K
    SHARES

  • images
    ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत गर्दैनन्–गोविन्द केसी

    काठमाडौं, ३० बैशाख । आज काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा.गोविन्द केसीले आशंका गरेका छन् ।उनले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने दाबी गरेका छन् । 

    ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उनले भने ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend