२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सात महिना पछि धौलागिरी हिमालमा भेटियो लामाको शव


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 8.7K
    SHARES

  • images
    सात महिना पछि धौलागिरी हिमालमा भेटियो लामाको शव


    काठमाडौं, ३० बैशाख । विगत ७ महिनादेखि बेपत्ता भएकाको शव धौलागिरि हिमालमा  फेला परेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरीमा ७ महिना पुरानो शव फेला परेको हो । सो फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ का २७ वर्षीय देव लामामा रहेको पुष्टी भएको छ ।

    नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजनासहित  इन्द्रसिंह शेरचनसहितको टोलीले उक्त शव फेला पारेको हो । उनीहरुले पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा सो शव फेला पारेका थिए ।

    फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते  धौलागिरि आधार शिविर पुगेका लामा अचानक आएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend