२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

हैजाबाट इथोपियामा मुत्यु हुँनेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 9.2K
    SHARES

  • images
    हैजाबाट इथोपियामा मुत्यु हुँनेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग


    नेकाठमाडौं, ३० बैशाख । इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । दक्षिणपूर्वी इथोपियामा फैलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 

    संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत साता देखी फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल, दक्षिणी पुर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।

    इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाईएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिईएको छ । 

    सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।

     उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्टिय सहयोगका लागि आब्हान गरेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend