२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 शरणार्थी प्रकरणले विश्व समुदायसामु देशको शिर निहुरिएको छ–शेखर कोइराला


सञ्चार डबली
  • शनिबार, वैशाख ३० २०८०
  • 9.7K
    SHARES

  • images
     शरणार्थी प्रकरणले विश्व समुदायसामु देशको शिर निहुरिएको छ–शेखर कोइराला


    काठमाडौं, ३० बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भनाई छ । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता कोइरालाले राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउने जस्तो घृणित कार्यमा संलग्नलाई कानुनको कठघरमा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने बताएका छन्  ।

    नेता कोइरालाले भ्रष्टाचारविरुद्ध आम नागरिकसँग एकाकार भएर राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको बताएका छन् । 

    नेता कोइरालाले समाजिक सञ्जालमा लेखेका छन्,  ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ तसर्थ जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’ ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौँ सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend