२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना दिवस मनाईने


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 8.1K
    SHARES

  • images
    नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना दिवस मनाईने

    टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्यसमितिले संस्था स्थापनाका आधिकारिक कागजात मार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।

    यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्व अध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफल बमोजिम अप्रिल २१/२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोही अनुसार कार्यसमितिको संस्थापक र पूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको संघका महासचिव बाबुराम दाहालले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

    साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ । नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हित अनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend