२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.2K
    SHARES

  • images
    प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता


    काठमाडौं, २८ वैशाख ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला आज पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 

    नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र  सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बसेको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।  
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend