२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

परराष्ट्रमन्त्री साउद आज बंगलादेश प्रस्थान गर्दै


सञ्चार डबली
  • बिहीबार , वैशाख २८ २०८०
  • 10.2K
    SHARES

  • images
    परराष्ट्रमन्त्री साउद आज बंगलादेश प्रस्थान गर्दै


    काठमाडौं, २८ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् । बुधवार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउँद उक्त सम्मेलनमा भाग लिनका लागि आज बंगलादेशको राजधानी ढाका जान लागेका हुन ।हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।

    भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिवारसम्म जारी रहनेछ । चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुन लागि गत साता मात्रै उनी बेलायत गएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend