२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धरहरा भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध


  • आइतबार, माघ १४ २०८०
  • 9.7K
    SHARES

  • images
    धरहरा भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध

    काठमाडौं, १४ माघ । काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो । 

    महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ  ।

    उनका अनुसार न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरे पछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend