२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 9.1K
    SHARES

  • images
    नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु


    काठमाडौं, बैशाख २७ गते । नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

    शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिएका छन् । “१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend