२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेटो सदस्य राष्ट्र बन्न स्वीडेनका लागि बाटो खुला


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 10.0K
    SHARES

  • images
    नेटो सदस्य राष्ट्र बन्न स्वीडेनका लागि बाटो खुला


    काठमाडौं । स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्र बन्न बाटो खुला भएको छ । सदस्यताका लागि स्विडेनले गरेको प्रस्ताव टर्कीको संसदले मंगलबार अनुमोदन गरेको छ । टर्कीको संसदले स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई २८७ मतले अनुमोदन गरेको हो ।

    स्वीडेनको नेटो सदस्यता प्रस्तावलाई संसदमा लामो समय छलफल गरेपछि मतदान गर्ने क्रममा चार जना सांसद अनुपस्थित थिए भने ५५ जनाले प्रस्तावको विपक्षमा मतदान गरे ।स्वीडेनले सन् २०२२ मा नाटो सदस्यताका लागि आवेदन दिएको थियो । रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले यो निर्णय लिएको थियो ।

    टर्कीको संसदमा राष्ट्रपति तैयप एर्दोगानको सत्तारुढ गठबन्धनको बहुमत छ । उनले आवेदन स्वीकृत गर्न मतदान गरेका थिए । यद्यपि,टर्कीको निर्णयले केही पश्चिमी सहयोगीहरूलाई निराश बनाएको छ ।

    स्वीडेनको पक्षमा मतदान गर्नुअघि टर्कीको संसदमा चार घण्टाभन्दा बढी बहस भएको थियो । सो क्रममा टर्की संसदको विदेश मामिला आयोगका प्रमुख तथा सत्तारुढ एके पार्टीका सदस्य फुआत ओक्तेले एक वक्तव्य दिएका थिए । उनले गठबन्धनको प्रतिरोधात्मक प्रयासलाई सुधार गर्न नेटोको विस्तारलाई समर्थन गर्ने बताए । ‘हामी आशा गर्छौं कि फिनल्याण्ड र स्वीडेनको आतंकवादसँग लड्ने दृष्टिकोणले हाम्रा अन्य सहयोगीहरूका लागि उदाहरणको रूपमा काम गर्नेछ,’ यसपछि स्वीडेनको नेटो सदस्यता प्रस्ताव स्वीकृत भयो ।

    स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले मतदानपछि स्टकहोम गठबन्धनमा सामेल हुन “एक कदम नजीक“ भएको बताएका छन् । टर्कीले यसअघि गत वर्ष अप्रिलमा फिनल्याण्डको सदस्यतालाई समर्थन गरेको थियो तर हंगेरीसँगै स्वीडेनलाई प्रतीक्षा सूचीमा राखेको थियो । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले मंगलबार क्रिस्टर्सनलाई आफ्नो देशलाई सैन्य गठबन्धनमा समावेश गर्ने विषयमा वार्ता गर्न निम्तो दिएको बताएका छन्।

    फिनल्याण्ड गत अप्रिलमा गठबन्धनको ३१ औं सदस्य बनेको थियो । स्वीडेन ३२ औं सदस्य राष्ट्र हुने तय छ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए।ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए। नेटोमा आबद्धतापछि कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका हुन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend