२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सम्पर्कविहीन रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.4K
    SHARES

  • images
    सम्पर्कविहीन रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह


    काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २४ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै हाजिर हुन नआएका २४ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

    आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

    सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend