२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट 


सञ्चार डबली
  • मंगलबार, माघ ९ २०८०
  • 8.2K
    SHARES

  • images
    अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट 

    अयोध्या, ९ माघ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहोल बन्न पुगेको छ । 

    राम मन्दिरका लागि ठूलो संख्यामा मानिसहरुले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भगृहमा भगवान श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन । 

    विश्व हिन्दू परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रीन ल्याब डायमण्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चारमाध्यमलाइ बताए । नवनिर्मित राम मन्दिरमा जनवरी २२ मा  कुन मूर्ति स्थापना गर्ने हो भन्ने टुंगो नलागे पछि कम्पनीका दुई कर्मचारीलाई अयोध्या पठाइएका थियो। मूर्तिको टुङ्गो लाग्ने बित्तिकै दुवै मजदुर मुकुटको नाप लिएर सुरत फर्किए र मुकुट बनाउन थाले ।

    ६ किलो तौलको मुकुटमा साढे चार किलो सुन प्रयोग गरिएको उनले बताए । यसमा साना र ठूला आकारका हिरा, माणिक, मोती र नीलमणि जस्ता बहुमूल्य रत्नहरू जडिएका छन्। अब यो मुकुट भगवान रामको शिरमा सजिएको छ। प्राणप्रतिष्ठा समारोहको एक दिन अघि श्री रामजन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईलाई हस्तान्तरण गरिएको थियो, जसको मूल्य करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ ।

    हिरा व्यापारी दिलीप कुमारले राम मन्दिरका लागि १०१ किलो सुन दान गरेका छन्, जसको मूल्य करिब ६८ करोड रुपैयाँ छ । मन्दिरका ८ वटा ढोकामा सुनको लेप लगाउन प्रयोग गरिएको छ । जबकि कथाकार तथा आध्यात्मिक गुरु मोरारी बापुले ११।३ करोड रुपैयाँ दान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend