२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या


  • सोमबार, माघ ८ २०८०
  • 9.6K
    SHARES

  • images
    विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

    सल्यान, ८ माघ । विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो।

    पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए। तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो।

    स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए। प्रहरीका अनुसार मृतक युवतीको शरीरमा निलडाम छन्। उनको नाम सीमा कवर भनिएपनि अहिलेसम्म बास्तविक नाम समेत खुलेको छैन।

    वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कटुपिट गरेर मोहनले श्रीमतीको घरमै हत्या गरेको देखिएको बताए।

    प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक वयानमा आफूले श्रीमतीकाे हत्या गरेको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend