२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते


  • सोमबार, माघ ८ २०८०
  • 8.0K
    SHARES

  • images
    दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

    देउखुरी, ८ माघ । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 

    बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । 

    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । 

    बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको उनले बताए । 

    शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend