२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अर्घाखाँची आगलागी अपडेटः जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 7.5K
    SHARES

  • images
    अर्घाखाँची आगलागी अपडेटः जलेर गम्भीर घाइते भएका ४ जनाको मृत्यु

    काठमाडौं, बैशाख २७ गते । मङ्गलवार अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित एक घरमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

    मङ्गलवार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको भूमिस्थान नगरपालिका–२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिएका छन्।

    मृत्यु हुनेमा ७२ वर्षीय पीताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अस्मिता बेल्बासे मिसन अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend