२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


सञ्चार डबली
  • बुधबार, वैशाख २७ २०८०
  • 10.6K
    SHARES

  • images
    जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


    काठमाडौं, बैशाख २७ गते । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।

    जसपाले यही जेठ १, २, र ३ गते विधान अधिवेशन गर्दैछ। काठमाडौंमै हुने विधान अधिवेशनको तयारी नै आजको बैठकको कार्यसूची छ ।मौजुदा मन्त्रिपरिषद्मा वन तथा वातावरण मन्त्रालयमा मन्त्री तोकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै उक्त मन्त्रालय हेर्दै आएका छन्। सरकारमा जसपाको तर्फबाट अशोककुमार राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend