२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पोखराको पर्यटनमा सघाउन एडीबीले साढे चार अर्ब सहयोग गर्ने


  • बुधबार, माघ ३ २०८०
  • 8.4K
    SHARES

  • images
    पोखराको पर्यटनमा सघाउन एडीबीले साढे चार अर्ब सहयोग गर्ने

    काठमाडौं, ३ माघ । पोखराको पर्यटनलाई सघाउन एसियाली विकास बैंक (एडीबी)ले साढे चार अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

    त्यसमध्येको झन्डै ३५ मिलियन (चार अर्ब ६६ करोड) बराबरको योजना पोखराको पर्यटन विकासमा खर्च हुने छ ।

    यसमा विभिन्न परियोजनाहरू सञ्चालन हुने छन् । परियोजना अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माणलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।

    अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् ।

    जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend