२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकद्वारा ग्राहकहरुका लागि ‘गरिमा ५ इन १ बचत खाता’ सार्वजनिक


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 9.6K
    SHARES

  • images
    गरिमा विकास बैंकद्वारा ग्राहकहरुका लागि ‘गरिमा ५ इन १ बचत खाता’ सार्वजनिक

    काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा ५ इन १ बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १ बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १००० मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग ,वेभ बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर सुविधामा मा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ। ।

    गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो । काठमाडौको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend