२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मेरो माइक्रोफाइनान्सको माघ २६ गते साधारणसभा बस्दै


सञ्चार डबली
  • बुधबार, माघ ३ २०८०
  • 8.9K
    SHARES

  • images
    मेरो माइक्रोफाइनान्सको माघ २६ गते साधारणसभा बस्दै

    काठमाडौं । मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते बस्ने भएको छ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने जनाएको छ।

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो। सभामा सेयर स्वामित्व परिवर्तन गर्ने एजेन्डा छ। हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४०५ हिस्सा कायम रहेको छ।

    यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९.४० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेन्डा छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।

    आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने जनाएको छ।

    यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। सभा, सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभा हलमा बिहान साढे ११ बजे सुरु हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend