२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगेको आरोपमा एक महिला पक्राउ


  • मंगलबार, माघ २ २०८०
  • 6.8K
    SHARES

  • images
    माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगेको आरोपमा एक महिला पक्राउ

    काठमाडौं, २ माघ - माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

    पक्राउ पर्नेमा पाल्पा बग्नासकाली गाउँपालिका-१ घर भई हाल काठमाडौं-१५ स्वयम्भू बस्ने ३० वर्षीया मायादेवी राना छिन्।

    उनलाई प्रहरीले तीन दिनअघि स्वयम्भूबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसा उनले दीपकराज कँडेलसहितका व्यक्तिबाट माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

    प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन्।

    रकम लिएर सम्पर्कविहीन भएपछि रानाविरूद्ध पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए।

    यसपछि खोजीका क्रममा रानालाई पक्राउ गरिएको केसीले बताए। रानालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend